
माडी नगरपालिका–७ देवेन्द्रपुरका सूर्यप्रसाद पौडेलले पालेका बाख्रा घर नजिकै बारीमा चरिरहेका थिए। गाउँ नजिकै रहेको परूवी सामुदायिक वनबाट निस्किएको बाघले आक्रमण गरेर एउटा पाठो मारिदियो।
उनले घरसँगै जोडेर बाख्राको व्यवस्थित खोर बनाइरहेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ, चितुवाबाट बाख्रा जोगाउन उनलाई १८ हजार रूपैयाँ अनुदान सहयोग गरेको थियो। त्यसमा आफ्नो केही खर्च जोडेर बलियो खोर बनाएपछि बाख्रा जोगिन्छन् भन्नेमा ढुक्क थिए उनी। …